ताजा समाचार

विस्फोटक पदार्थसहित एक लजबाट गएराति दुई जना पक्राउ

रौतहट, २५ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाको एक लजबाट प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । चन्द्रपुर–४ स्थित न्यु सुदर्शन होटल तथा लजबाट गएराति विष्फोटक पदार्थ सहित दुई जनालाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा झापा धर्मपुर–५ का २५ बर्षीय दिलिप थापा र शिवसतासी नगरपालिका–११ का २५ बर्षीय तारा थापा रहेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको टोलीले गएराति १० बजे लजको १ सय ५ नम्बरको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उक्त कोठाबाट ५ थान सेफ्टी फ्युज, २२ थान सिल्भर डेटोनेटर लगायतका सामाग्रीहरु समेत बरामद गरेको छ । पक्राउ परेका दुबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org