ताजा समाचार

देउवालाई भारत समर्थन प्रधानमन्त्री भन्ने भारतीय मिडिया ओलीसँग किन डराएका

काठमाडौं, २५ जेठ । मंगलबार नेपालको ४० औं प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवा निर्वाचित भए । काँग्रेस सभापति समेत रहेका देउवा माओवादी केन्द्र, मधेशवादी दल, राप्रपालगायतको समर्थनमा प्रधानमन्त्री भएका थिए । आफ्नो चौथो कार्यकालको लागी प्रधानमन्त्रीमा निर्वाचित भएका देउवालाई भारतीय मिडियाले गरेको चित्रण यतिबेला चर्चामा छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएको भोलीपल्ट प्रकाशित भएका भारतीय पत्रपत्रिकाले “भारत समर्थक देउवा चौथो पटक नेपालको प्रधानमन्त्री बने ” भनेर खबर छापेका थिए । अहिले यो विषयले निकै चर्चा पाईरहेको छ । सामाजिक सञ्जालमा यसले निकै प्राथमिकता पाएको छ । नेपालको राष्ट्रियतामाथि नै आँच आउने गरी भारतीय मिडियाले देउवाप्रति गरेको चित्रणले नेपाल र नेपालीको शाँख कमजोर भएको चर्चा पनि सामाजिक सञ्जालमा आईरहेको छ ।

सामान्यता भारत तथा भारतीय मिडियाले नेपाल र नेपालीको राष्ट्रियतामाथि आँच आउने काम गरेको यो पहिलो पटक भने होईन् । यो भन्दा पहिले पनि गर्दै आईरहेका छन् । भारतले नेपालको राजनीति गतिविधिमा प्रत्यक्ष हस्तक्षेप गरिरहने कुरा पनि पटक पटक उठ्ने गरेको छ । यसो हुनुमा नेपालका नेताहरुको नै कमजोरी मान्नेहरु पनि नभएका होईनन् । भारतीय मिडियाले नेपालमाथि हेपाह प्रवृति देखाउनु पनि राजनीतिज्ञहरुको कमजोरी मानिन्छ । उसो त भारतीय मिडियाले नेपालमाथि हेपाह प्रवृति देखाउने कुरा २०७२ सालमा गएको महाभूकम्पका बेला देखाएको हर्कतले पनि प्रष्ट पारेकै थियो । नेपाली मिडियालाई समेत जान नदिईएको क्षेत्रमा भारतीय मिडियाहरुले खुलेआम रिर्पोटिङ गरेका थिए ।

मंगलबार प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाको विषयमा जसरी भारतीय मिडियाले चित्रण गरेका थिए तर तत्कालिन प्रधानमन्त्री केपी ओलीको विषयमा भने सकारात्मक समाचार बनाएका थिए । नेपालमा भारतले लामो समयसम्म लगाएको नाकाबन्दीका बेला प्रधानमन्त्री ओली भारत भ्रमणमा निस्किएका थिए । उनी भारत भ्रमण गरेर स्वदेश फर्किने बेला नाकाबन्दी एकाएक आफै अन्त्य भएको थियो ।

भारत भ्रमणका बेला भारतीय मिडियाले भने “भारतीय प्रधानमन्त्रीलाई थर्काउने ओली नेपालको पहिलो प्रधानमन्त्री” भनेर चित्रण गरेका थिए । नेपालको विषयमा निकै नै हेपाह प्रवृतिका समाचार प्रकाशन तथा प्रशारण गर्ने भारतीय मिडियाले ओलीलाई भने “भारतसामू नझुक्ने नेपालको पहिलो प्रधानमन्त्री” भनि चित्रण गर्नुले पनि नेपाल र नेपालीको गर्वको विषय थियो ।

नेपाल विश्वसामू कहिले पनि उपनिवेशमा नबसेको कुरा विश्वलाई नै सर्वविधितै छ । हाम्रा पुर्खाहरुले नेपाल कसैको पनि उपनिवेशमा रहन नसक्ने भन्दै निकै संघर्ष गरेका थिए । तर पनि भारतले नेपालप्रति गर्ने व्यवहारले एक सच्चा छिमेकी भन्दा सौतेनी जस्तो व्यवहार देखिने परराष्ट्रविद्हरुको बुझाई छ । यो समस्याबाट मुक्ति पाउन भारतलाई भन्दा पनि स्वयमं नेपालका राजनीति गर्ने राजनीतिज्ञ र नेपाली जनता सजक हुनु जरुरी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org