ताजा समाचार

टिकट नपाएपटि इटहरी कांग्रेस खैलाबैला: देउवा पक्षका उम्मेदवार बनेपछि पौडेल पक्ष सडकमा

इटहरी, २६ जेठ । टिकट नपाएको भन्दै इटहरीमा नेपाली काँग्रेसभित्र खैलाबैला मच्चिएको छ । काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेतालाई इटहरी उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि रामचन्द्र पौडेल पक्षका नेता तथा कार्यकर्ताले सडकमै उत्रिएर विरोध प्रदर्शन गरेका छन् । देउवा पक्षका मानिएका रोहित प्रसाईलाई उम्मेदवार बनाएपछि मेयरका दाबेदार हेमकर्ण पौडेल पक्षका कार्यकर्ताले सडकमा उत्रेर विरोध प्रदर्शन गरेका हुन् ।

मेयरको टिकट पाउने प्रसाई कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छन् । उम्मेदवार छनौट कार्यदलले विहीबार अपरान्ह देउवा पक्षधर मानिने प्रसाईलाई इटहरी उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

इटहरी उपमहानगरपालिकाको मेयरका आकांक्षीमा इटहरी नगर सभापति हेमकर्म पौडेल मुख्य दाबेदारका रुपमा रहेका थिए । कार्यदलले प्रसाईलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल समर्थकले निर्णय तत्काल सच्याउन कार्यदललाई चेतावनी दिएका छन् । रामचन्द्र पौडेल पक्षधर मानिने पौडेललाई मेयरको उम्मेदवार नबनाएको खण्डमा पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org