ताजा समाचार

उडिरहेकै विमानभित्र यौनसम्पर्क, सँगै रहेका यात्रु लाजले भुतुक्कै !

काठमाडौं, २६ जेठ । म्यानचेस्टरबाट इबिजातर्फ उडिरहेको एउटा विमानमा एक जोडीले यौनसम्पर्क गरेका छन् । स्थानीय समय अनुसार बुधबार बेलुका ८ः२० मा उडेको र्‍यान एयरको विमानमा सवार एक जोडीले अन्य यात्रुकै सामुन्ने यौनसम्पर्क गरेको तस्वीर प्रकाशमा आएको छ ।

समाचार एजेन्सीहरुका अनुसार सोही उडानमा रहेका एक यात्रुले उक्त दृष्य आफ्नो मोबाइल फोनको क्यामेरामा कैद गरेका हुन् । यौनसम्पर्क गर्नुअघि युवकले ‘कसैसँग कन्डम छ ?’ भनेर सोधेका थिए । सँगै रहेका एक यात्रुले भने, ‘सुरुमा त हामीले ऊ जिस्किएको होला भन्ने ठानेका थियौं, तरपछि साँच्चै नै उसले आफूसँगै रहेकी युवतीसँग यौनसम्बन्ध बनायो ।’

सो जोडीबीचको सम्बन्ध प्रष्ट भइसकेको छैन । उनीहरु पति–पत्नी वा प्रेमी–प्रमिका हुन् या विमानमा सहयात्रीमात्र हुन् भन्ने प्रष्ट हुन सकेको छैन । सो जोडीले मदिरा सेवन गरेको बताइएको छ । छेउमा रहेका यात्रुलाई अर्कोतिर फर्कन भन्दै उनीहरु यौनसम्पर्कमा लिप्त भएको विमानमा रहेका अन्य यात्रुले जानकारी दिएका छन् ।

उनीहरुको गतिविधिका बारेमा विमानका कर्मचारीलाई जानकारी गराइए पनि कुनै कारवाही नभएको यात्रुहरुको भनाइ छ । विना हिच्किचाहट उनीहरु यौनसम्बन्धमा लिप्त भएपछि यात्रुहरु लाजले अर्कोतिर फर्कन बाध्य भएका थिए । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org