ताजा समाचार

विप्लवका नेता कार्यकर्ता पक्राउ पर्दा मोहन वैद्यको आपत्ति

काठमाडौं, २६ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको भन्दै मोहन वैद्यले आपत्ति जनाएका छन् । वैद्यले नेतृत्व गरिरहेको क्रान्तिकारी माओवादीले एक विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको हो ।

चुनावको सुरक्षाका लागि भन्दै प्रहरीले बिभिन्न स्थानबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गर्न थालेपछि वैद्यले आपत्ति जनाएको हो ।चुनावमा भाग लिनु जस्तै बहिस्कार गर्नु पनि लोकतान्त्रिक अधिकार हो भन्दै वैद्यले सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

‘यस प्रकारको अधिकारको उल्लंघन गरी बहिष्कार आन्दोलनमा संलग्न पार्टीका नेता कार्यकर्ताहरुप्रति उक्त प्रकारको व्यवहार गर्नु अत्यन्तै अलोकतान्त्रिक, निन्दनीय र तानाशाही प्रवृत्तिको प्रदर्शन गर्नु हो,’ अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वैद्यले नेकपाका नेता कार्यकर्ताहरुलाई धरपकड नगर्न र पक्राउ गरिएका तथा थुनामा राखिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई रिहाई गर्न माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org