ताजा समाचार

पौडेलले मन्त्री बन्न बलबहादुर केसीको नाम पठाएपछि देउवा ‘आगो’

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता राचन्द्र पौडेल पक्षबाट मन्त्री नियुक्तिका लागि सिरफरिस हुन लागेका चार नेतामध्ये बलबहादुर केसीलाई अस्वीकार गरेपछि मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने भएको छ ।

पार्टी सञ्चालनबारे पार्टी सभापति देउवाको कडा आलोचना गर्दै आएका केसीको नाम नपठाउन उनले पौडेललाई आग्रह गरेको स्रोतले बताएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । पौडेल पक्षले भने आफ्नो समूहबाट मन्त्री बनाउने नामको टुंगो लागे पनि कुन कुन मन्त्रालय पाउने प्रस्ट नभएसम्म नपठाउने जनाउ दिएको छ ।

पौडेले पठाउने सूचीमा बलबहादुर केसी, महेश आचार्य, रामकृष्ण यादव र सरिता प्रसाईँको नाम रहेको उनी निकटले बताएका छन् । दलीय भागबण्डामा कांग्रेसले न्यूनतम ११ मन्त्रालय पाउने भएपछि प्रधानमन्त्री देउवाले पौडेल पक्षलाई चार मन्त्रालय दिने मनस्थिति बनाएका छन् ।

कुनकुन मन्त्रालय दिने देउवाले केही खुलाएका छैनन् । कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको संख्यामा टुंगो लागे पनि सरकारमा सहभागी हुने राजनीतिक दल र प्रतिनिधित्वको अन्तिम टुंगो भइनसक्दा मन्त्रालय कुनकुन राख्ने भन्ने निक्र्योल हुन बााकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org