ताजा समाचार

मन्त्रीपरिषद् बैठकः दलसम्बन्धि ऐन पुनः संशोधन गरिने, राष्ट्रपतिको स्विटजरल्याण्ड भ्रमण स्वीकृत

काठमाडौं, २८ जेठ । सरकारले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ पुनः संशोधन गर्ने भएको छ । आईतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ संशोधन गर्न संसदमा विधेयक दर्ता गराउने निर्णय गरेको हो ।

राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन राजनीतिक दलसम्बन्धि ऐन, २०७३ संशोधन विधेयक संसदमा दर्ता गराउने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

दल दर्ता गर्न नपाएपनि ६ वटा दल भित्रकै चुनावचिन्ह लिएर निर्वाचनमा जाने व्यवस्था गर्न सरकारले राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्न लागेको हो । त्यस्तै मन्त्रीपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको आगामी स्विटजरल्याण्ड भ्रमणलाई स्वीकृत गरेको छ ।

जापान सरकारले नेपालका निजामती कर्मचारीको अध्ययन कोटाका लागि दिएको २६ करोड ५३ लाख रुपैयाँ बराबरको अनुदान पनि स्वीकृत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org