ताजा समाचार

भरतपुर मतपत्र प्रकरणको मुद्धा सर्बोच्चले सुनुवाई गर्न नभ्याउने

काठमाडौं, २८ जेठ । भरतपुर महानगरपालिका मतपत्र विवादबारे सर्वोच्च अदालतमा दायर गरिएको रिटमा आजपनि सुनवाई नहुने भएको छ । मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो आजपनि नलाग्ने भएको हो ।

न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा राखिएको भरतपुर प्रकरणको पेशी हेर्न नभ्याइनेमा परेको सर्बोच्चले जनाएको छ । १७ औं नम्बरमा परेकाले आज हेर्न नभ्याइएको हो । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध एमालेका १९ नम्बर वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा सहितले सर्बोच्चमा रिट दायर गरेका थिए ।

यसअघि न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल अघि नबढाउन अन्तरकालीन आदेश दिएको थियो । एमालेले भरतपुर १९ को पुनः मतगणना माग गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org