ताजा समाचार

तराई मधेशमा एमाले बडारिन्छ भनेर भ्रम छर्नेहरु नै बडारिन्छन् : अध्यक्ष ओली

नेपालगञ्ज, २८ जेठ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विरुद्धको षड्यन्त्रलाई प्रतिरोध गरेर तराई मधेशमा पनि पार्टीलाई पहिलो बनाउने दाबी गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको उम्मेदवार घोषणा सभालाई आज सम्बोधन गर्दै अध्यक्षले ओलीले मधेश तराईमा समेत पहिलो पार्टी बन्ने दाबी गरे ।

ओलीले तराई मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुने दाबी गरे । उनले एमालेलाई पराजित गरेर देशलाई कमजोर पार्न चाहनेहरु नै एमाले तराई मधेशमा बडारिन्छ भन्ने भ्रम फैलाइरहेको पनि बताए । उनले शान्ति ,सदभाव र राष्ट्रिय स्वाभिमान चाहने तराई मधेशका जनताले एमालेलाई भोट दिने बताए ।

अध्यक्ष ओलीले मुलुकमा सदभाव कायम गर्ने, विकास समृद्ध गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरे । उनले एमालेलाई घेराबन्दी पारेर कमजोर गराउने षड्यन्त्र सफल नहुने बताए । नेपालगन्ज उपमहानगरपालिकोको मेयरको उम्मेदवारमा समसुद्धिन सिद्धिकी र उपमयेरमा शान्ती ढकालको नाम घोषणा गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org