ताजा समाचार

नार्कद्धारा गहुँका मुनाल र च्याखुरा गरी दुई नयाँ जातको विकास

काठमाडौं, २९ जेठ । नेपाल कृषि अनुसन्धान परिषद नार्कले गहुँका दुईवटा उन्नत जात विकास गरेको छ । मुनाल र च्याखुरा नाम राखिएका दुईवटा जात छिटै सिफारिस हुने क्रममा रहेका नार्कले जनाएको छ ।

यी जात मध्यपहाड र उच्चपहाडको लागि उपयुक्त हुने नार्कका वरिष्ठ वैज्ञानिक तथा गहुँबाली विज्ञ डा. ध्रुवबहादुर थापाले जानकारी दिए । अनुसन्धानको क्रममा दुवै जातको उत्पादन राम्रो हुने देखिएको थापाको भनाई छ ।

अहिलेसम्म गहुँका ३९ वटा उन्नत जातको विकास भईसकेका छन् । यसमध्ये पहाडमा डब्लु के १२०४, डाँफे, धौलागिरी र स्वर्गद्वारी तथा तराईमा गौतम, विजय, तिलोत्तमा र बाणगंगा बढि प्रचलित छ । यसवर्ष मौसम अनुकूल भएकाले गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org