ताजा समाचार

राजपाका कार्यकर्ताले विमलेन्द्र निधि चढेको गाडीको झण्डा र ब्यानर जलाए

जनकपुरधाम, २९ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले नेपाली कांग्रेसको झन्डा र ब्यानर जलाएका छन् । आइतबार पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि चढेको गाडीको झन्डा र ब्यानर जलाएका हुन् । पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर आएका कांग्रेस नेता निधिको स्वागतका लागि गाडीमा राखिएको झन्डा र ब्यानर खोसेर राजपाका कार्यकर्ताले जलाएका हुन् ।

स्थानीय शिव चोकमा राजपाका कार्यकर्ताहरुले कांग्रेसका कार्यकर्ता सवार गाडी रोकेर त्यसमा लगाएको पार्टीको झन्डा र ब्यानर खोसेर जलाएका थिए । कांग्रेस नेता कार्यकर्ताहरु सवार रहेको गाडीमा लगाइएको झण्डा जलाउँदै राजपाका नेताहरुले प्रमुख दलहरुको विरोधमा चर्को नाराबाजी समेत गरेका थिए ।

निर्वाचनको प्रचारप्रसार गर्ने खालका कुनैपनि क्रियाकलाप कतैबाट भयो भने त्यसको विरोध आफूहरुले गर्ने र अहिले झण्डामात्र जलाइएको र यदि चुनाव प्रचार प्रसार रोकिएन भने प्रचार प्रसारमा प्रयोग हुने गाडीलाई समेत नियन्त्रणमा लिएर जलाइदिने राजपा नेताहरुले चेतावनी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org