ताजा समाचार

मतपत्रको कोठाभन्दा बाहिर मतदान गरेर चुनाव वहिस्कार गर्न राजपालाई सीके राउतको सुझाव

काठमाडौं, २९ जेठ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरलाई मतपत्रको कोठाभन्दा बाहिर मतदान गरेर निर्वाचन बहिस्कार गर्न आग्रह गरेका छन् । आइतबार साँझ डा. राउतद्धारा जारी गरिएको पत्रमा राजपाले आन्दोलन घोषणा गरेकोप्रति खुशी व्यक्त गरिएको छ । डा. राउतले निर्वाचनको बहिस्कार गरेकोमा राजपालाई धन्यवाद दिदै बहिस्कारको शैली परिवर्तन गर्न आग्रह गरेका छन् ।

निर्वाचन बहिस्कार गर्दा यसअघि पनि मधेशीहरुलाई फाईदा नभई घाटा भएको बताउँदै डा. राउतले कोठाभन्दा बाहिर मोहर लगाएर निर्वाचन बहिस्कार गर्दा फाईदा हुने बताए । डा. राउतले तीन वटा बुँदामा लेख्दै सडकमा आन्दोलन गरेर मधेशीहरुको हत्या नगराउन समेत आग्रह गरेका छन् ।

संविधानले नै दिएको राईट टु रिजेक्टको अधिकार प्रयोग गर्दै मतपत्रको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएर चुनाव वहिस्कार गर्न राउतले सुझाव दिएका छन् । अहिले मधेशवादी दलहरु बाहेकका राजनीतिक दलहरु चुनावमा होमिएको तर आफुहरुको माग सम्बोधन नभएको अवस्थामा राईट टु रिजेक्ट सबैभन्दा उत्तम विकल्प भएको राउतको दावी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org