ताजा समाचार

समायोजन अघि स्थानीय तहमा कर्मचारी बढुवा र पदपूर्ति गर्नमा रोक

काठमाडौं, २९ जेठ । स्थानीय विकास मन्त्रालयले कर्मचारी समायोजन अघि स्थानीय तहमा कर्मचारीहरुको बढुवा र पदपूर्ति नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सर्कुलर जारी गरी समायोजनको गृहकार्य भइरहेका बेला पदपूर्ति र बढुवा गर्दा कर्मचारी समायोजनमा जटिलता आउने भन्दै त्यस्तो नगर्न निर्देशन दिएको हो ।

तर मन्त्रालयले स्थानीय स्वायत्त शासन नियामावली २०५६ को २२५ (ख) बमोजिम कार्यसम्पादन तथा अनुभवको मूल्यांकनद्वारा गरिने बढुवा भने गर्न सकिने बताएको छ । मन्त्रालयले स्थानीय तहमा भर्ना भएका कर्मचारीहरुको हकमा त्यस्तो निर्देशन दिएको हो । केन्द्रमा भर्ना भएका कर्मचारीहरुको सरुवा, बढुवा र पदपूर्ति यसअघि नै सरकारले रोक लगाइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org