प्रहरीले सुराकमा विश्वास गर्दा मजदुर भोकभोकै एक रात हिरासतमा थुनिए
कैलाली, २९ जेठ । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नदीमा बालुवा लिन गएका १८ वटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर रातभर हिरासतमा राखेपछि मात्र गल्ती गरेको महसुुस भयो ।
मोहना नदीबाट अवैध रुपमा बालुवा निकासी हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक इन्द्र मल्लको नेतृत्वमा गएको टोलीले शनिबार गोदावरी नदीमा बालुवा ढुवानीका लागि गएका ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टरका चालकलाई थुनुवा कक्षमा राखेर उनीहरुसँग भएको मोबाइल फोन बन्द गर्न लगाई आइतबार बिहान ११ः३० बजेसम्म भोकै प्रहरीको हिरासतमा राखेको थियो । उनीहरुलाई कसैको सम्पर्कमा पनि आउन दिइएको थिएन । आइतबार बिहान मात्र ट्याक्टर मालिकले काटेको रोयल्टी रसिद हेरेपछि प्रहरी आश्चर्यमा परे ।
आफूहरुले झुक्किएर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले स्वीकार गरेको छ । ट्याक्टर जिविसले तोकेको रोयल्टी तिरेको रसिदसहित बालुवा ढुवानीका लागि गोदावरी खोलामा गएका थिए ।
प्राप्त सूचनालाई राम्ररी अध्ययन नै नगरी ज्यालामजदुरी गरी खाने मजदुरलाई भोकभोकै एक रात थुनुवा कक्षमा राखी प्रहरी मानसिक यातनासमेत दिएकामा पीडित एक ट्याक्टर चालकले आक्रोश व्यक्त गरेका छन् ।
Comments
अरु समाचार
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...