ताजा समाचार

आँपको रुखबाट लडेर एक व्यक्तिको मृत्यु

नुवाकोट, २९ जेठ । लिखु गाउँपालिका– ३ सूर्यमतीमा आपँको रुखबाट लडेर गुणबहादुर राईको मृत्यु भएको छ । घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिए । अचार बनाउन काँचो आँप टिप्न राई रुख चढेका थिए । उनको टाउको ढुङ्गामा ठोक्किर ज्यान गएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org