ताजा समाचार

नेता तथा कार्यकर्ता रिहाको माग गर्दै विप्लवले आह्वान गरेका राप्ती बन्दले जनजीवन प्रभावित

दाङ, ३० जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको राप्ती बन्दले त्यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । बन्दका कारण यातायात पसल तथा कलकारखानाहरु सञ्चालन हुन सकेका छैनन् भने विद्यालय समेत बन्द रहेका छन् । बन्दकर्ताहरू सामान्य मात्रामा सडकमा देखिएका छन् ।

दाङ लगायत राप्ती अञ्चल अन्तर्गतका रोल्पा, रुकुम, सल्यान, प्यूठान जिल्लामा जनजीवन प्रभावित भएको प्रहरीले जनाएको छ । रोल्पा, रुकुम, दाङ लगायत विभिन्न ठाउँबाट पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै नेकपाले आज राप्ती बन्द गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org