ताजा समाचार

भक्तपुरमा ट्याक्सी दुर्घटना, हुँदा चालकसहित दुई जनाको मृत्यु, दुई घाइते

भक्तपुर, ३० जेठ । भक्तपुरमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ताथलीमा रहेको चिलाउने घारीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

काभ्रेको नालाबाट छुटेको बा २ ज २३५२ नम्बरको ट्याक्सी राति पौने ११ बजे सडकबाट झण्डै डेढ मिटर तल खस्दा चालक सिन्धुपाल्चेक माङखाका २४ वर्षका बुद्धिबहादुर लामा र ट्याक्सीमा चढेका सिन्धुपाल्चोक सिम्ले ७ का ४० वर्षका मानबहादुर तामाङको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै ट्याक्सीमा रहेका अरु दुई जना घाइतेको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । ट्याक्सी दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org