ताजा समाचार

निर्वाचनको विरोधमा राजपाद्धारा तराई मधेस बन्द आह्वान, बन्दका कारण जनजीवन प्रभावित

काठमाडौं, ३० जेठ । राजपा नेपालले आज तराई मधेश बन्द आह्वान गरेको छ । सरकारसँग भएको वार्ता विफल भएपछि राजपाले जनकपुरलगायत तराई मधेस बन्द आह्वान गरेको हो । सरकारले आगामी असार १४ गते तय गरेको चुनाव विथोल्न राजपा नेपाल सम्बद्ध संघीय गठबन्धनले आजदेखि चारदिनसम्म मधेस, थरुहट र लिम्बुवान बन्दको घोषणा गरेको हो ।

राजपा नेपालका नेता कार्यकर्ताले बिहानैदेखि हात हातमा लाठी लिइ ठाउँ ठाउँमा टायर बालेर नाराबाजी गर्दै यातायात, शिक्षण संस्था, कलकारखाना, व्यापारव्यवसाय, बजार बन्द गराएका छन् । बन्दको कारण धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायत तराई मधेसका जिल्लाको जनजिवन प्रभावित भएको छ । यातायात बन्दले यात्रुहरु समस्यामा परेका छन् ।

बन्दको पूर्व सन्ध्यामा सोमबार बेलुका राजपा नेपालका नेता कार्यकर्ताले तराई मधेसका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरेका थिए । संविधान संशोधन नगरी सरकारले चुनाव गराउन लागेको भन्दै राजपा नेपाले त्यसलाई विथोल्न गएको आइतबार नै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org