ताजा समाचार

महोत्तरीमा एमाले सांसद चढेको गाडीमा ढुंगामुढा, ड्राइभरले गाडी प्रहरी चौकीमा पुर्‍याएर जोगाए

महोत्तरी, ३० जेठ । महोत्तरीमा एमाले सांसद चढेको गाडीमा राजपा नेपालका कार्यकर्ताहरुले ढुंगामुढा प्रहार गरेका छन् । महोत्तरी क्षेत्र नम्बर ५ का एमालेका सांसद दिपनारायण साहको गाडीमा राजपा कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका हुन् ।

सांसद साह सवार गाडी बन्दमा चलाएको भन्दै राजपा नेपालका कार्यकर्ताहरुले आज बिहानै औरही गाउँपालिकामा ढुङ्गामुढा प्रहार गरेका हुन् । बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताहरुले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् । ढुङ्गामुढाबाट सांसद साहको गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ ।

ढुङ्गामुढा प्रहार पश्चात सांसद सवार गाडीका चालकले गाडी तिब्रगतिमा भगाएर ज्यान जोगाएको बताए । उनले भने, ‘हाम्रो गाडी आन्दोलनकारीहरुले बाटोमै छेक्यो । गाडी रोक्न स्लो गरेर आन्दोलनकारी छल्दै ज्यान जोगाउन बर्दिबास प्रहरीमा पुगेँ ।’

आन्दोलनकारीको ढुङ्गामुढा प्रहार पछि सांसद साहले ज्यान जोगाउन औरहीबाट १५ मिनटमै इलाका प्रहरी कार्यालय बर्दिबासमा सुरक्षाको लागि पुगेका थिए । अहिले सांसद इलाका प्रहरी कार्यालय बर्दिबासमा रहेका छन् । आफ्नो निर्वाचन क्षेत्र सम्सी हुँदै रामगोपालपुरबाट बर्दिवास आउँदै गर्दा औरही बजारमा सांसद साहमाथि राजपाका कार्यकर्ताहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org