ताजा समाचार

रक्सीले दुवै जना मात्तिएर घरायसी विवादमा लाठी प्रहार गर्दा श्रीमतीको हत्या

सुर्खेत, ३० जेठ । घरायसी विवाद हुँदा सुर्खेतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर २ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३५ वर्षीया श्रीमती पद्मा बुढाको जनाले लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दाउराको विषयमा विवाद भएपछि बेलुकी पाँच बजेतिर श्रीमान श्रीमतिवीच विवाद भएको थियो ।

‘यो उनीहरुको घरायसी विवाद हो, दुवै रक्सीले मात्तेका थिए,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी निशान थापाले भने, ‘विवाद बढ्दै जाँदा श्रीमानले लाठ्ठीले पद्माको टाउकोमा हानेको अनुसन्धानबाट बुझिएको छ ।’ बेहोस् भएर ढलेकी पदमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले श्रीमतीको हत्या गर्ने बलबहादुरलाई पक्राउ गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org