ताजा समाचार

एमाले कार्यकर्ता हत्या घटनाका आरोपीविरुद्ध मुद्दा चलाउने डीएसपी कारवाही

दोलखा, ३० जेठ । दोलखाको जुँगुमा एमाले कार्यकर्ताको हत्या घटनाका आरोपीविरुद्ध मुद्दा चलाउने डीएसपीको सरुवा गरिएको छ । घटनामा संलग्न भएको भन्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गंगा कार्की र पोलिटव्यूरो सदस्य एवं पूर्व राज्यमन्त्री देवी खड्काविरुद्ध मुद्दा चलाउने डीएसपी रविन कार्कीको प्रहरी प्रधान कार्यालय सरुवा गरिएको हो ।

गृहमन्त्री एवं प्रचण्डका विश्वासपात्र जनार्दन शर्माको ठाडो आदेशमा डीएसपी कार्कीलाई हेडक्वार्टर बोलाईएको श्रोतको दाबी छ । डीएसपी कार्कीले पीडित परिवारको उजुरीका आधारमा घटनामा संलग्न भएको भन्दै माओवादी केन्द्रका नेताहरु पूर्वराज्यमन्त्रीसमेत रहेकी खड्का, स्थायी कमिटी सदस्य कार्की र विशाल खड्कालगायत ३९ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेर अनुसन्धान थालेका थिए ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले कार्कीलाई हेठक्वार्टर बोलाइएको पुष्टि गरे । ‘उहाँले जिम्मेवारी बहन गर्न नसकेकाले हेडक्वार्टर बोलाइएको हुनसक्छ । थप कुरा सोधपुछबाट थाहा होला,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org