ताजा समाचार

श्रीमती नगरपालिका उपमेयरकी उम्मेदवार, श्रीमान वडाअध्यक्षका उम्मेदवार

धनकुटा, ३० जेठ । धनकुटामा श्रीमान श्रीमती स्थानीय तहको चुनावका लागि उम्मेदवार भएका छन् । पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकामा स्थानीय तहको चुनावका लागि श्रीमान–श्रीमती उम्मेदवार भएका हुन् । पाख्रीबास नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट करुणा राई उपमेयर र उनका श्रीमान करवीर राई वडा नम्बर ७ को वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

यस्तै साँगुरीगढी गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा कुमारजंग याखा र उनकी श्रीमती पशुपति याखा वडा नम्बर ४ को वडा सदस्यमा उम्मेदवार बनेकी छन् । त्यसैगरी चौविसे गाउँपालिकाको वडा नम्बर २ मा एकै परिवारका ३ जना वडाध्यक्षका उम्मेदवार बनेका छन् ।

यो वडामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका भीम तुम्सा र माओबादी केन्द्रका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका मोविन्द्र तुम्सा दाजुभाइ हुन् । एमालेको तर्फबाट उम्मेदवार बनेका आसबहादुर तुम्सा भीम र मोविन्द्रका भतिज हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org