ताजा समाचार

सत्तारुढ दल कांग्रेस कार्यकर्ताको आक्रमणबाट दुई एमाले कार्यकर्ता घाइते

बाजुरा, ३० जेठ । सत्तारुढ दल नेपाली काँग्रेसको आक्रमणबाट नेकपा एमालेका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा गौमुल गाउँपालिका ५ का सन्तोष रोकाया र पारस रोकाया रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ बाजुराको नख्खडा भन्ने ठाउँमा झगडा भइरहेको र के भएको हो भन्ने कुरा बुझ्न जाँदा एकाएक आफूमाथि आक्रमण भएको रोकायाले बताएका छन् । रोकायाको टाउकोमा चोट लाग्नुका साथै दाँत भाचिएको र शरीरभरी निलडाम रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डा. रोहित गिरीले जानकारी दिए ।

घाइतेमध्ये सन्तोषको अगाडिको दुई वटा दाँत भाँचिएको र शरीरभरी निलडाम भएका कारण थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको र पारसको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको बाजुराका प्रहरी नायब निरीक्षक कृष्ण खड्काले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org