ताजा समाचार

७ वर्षपछि मालसमान लिएर विशाखापट्टनमबाट पहिलो रेल आयो


वीरगन्ज, ३१ जेठ । नेपाली आयातकर्ताको बहुप्रतीक्षित विशाखापट्टनम – वीरगन्ज ड्राइपोर्ट पारवहन सेवा सुरु भएको छ । भारतसँग सम्झौता भएको ७ बर्षपछि विशाखापट्टनमबाट मालसामान लिएर नेपालको सिर्सियास्थित सुक्खा बन्दरगाहमा रेल आइपुगेको हो ।

नेपाली आयात – निर्याकर्ताले अहिलेसम्म प्रयोग गर्दैै आइरहेको भारतकै कोलकत्ता बन्दरगाहबाट वीरगन्जको ड्राइपोर्टसम्म रेलमार्गबाट सामान ढुवानी गर्दा धेरै समस्या झेल्नुपरेको भन्दै विशाखापट्टनम बन्दरगाहबाट पनि ढुवानीका लागि पारवहन सेवा दिन माग गर्दै आएका थिए । आजको कारोबार दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org