ताजा समाचार

निर्वाचनको मिति फेरी सर्ने संकेतः त्यसको लागि राजपाले लिखित प्रतिबद्धता गर्नुपर्ने

काठमाडौं, ३१ जेठ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता गरेमा दोस्रो चरणको निर्वाचन सार्ने विषयमा प्रमुख प्रतिपक्षीसहित सत्तारुढ दलले छलफल गरेको छन् ।

मंगलबार साँझ प्रमुख प्रतिपक्षी दलसहित सत्तारुढ दलको वैठकमा राजपालाई निर्वाचनमा सहभागी गराउन कुन कुन विषयमा सहमति हुन सक्छ भन्ने सन्दर्भमा छलफल भएको छ ।

राजपालाई निर्वाचनमा सहभागी गराउन आवश्यक प्राविधिक कामका लागि निर्वाचनको मिति सार्न सकिने विषय सत्तापक्षले वैठकमा प्रस्ताव राखेको थियो । एमाले अध्यक्ष केपी ओलीले राजपाले लिखित प्रतिवद्धता जनाएमात्र निर्वाचनको मिति सार्न सकिनेतर्फ सोच्न सक्ने बताएका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org