ताजा समाचार

तराई मधेश बन्दको आज दोस्रो दिन, राजपाका कार्यकर्ताद्वारा बिहानैदेखि प्रदर्शन

काठमाडौं, ३१ जेठ । राजपा नेपालको बन्दले तराई मधेशको जनजीवन प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनको विरोध गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) ले आह्वान गरेको चार दिने मधेस, थरुहट र लिम्बुवान बन्दको दोस्रो दिन पनि तराईका जिल्लाको जनजीवन प्रभावित बनेको हो ।

बन्द सफल बनाउन भन्दै राजपाका कार्यकर्ताले बिहानैदेखि विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन् । कपिलवस्तु, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्ला बन्दले पूर्ण प्रभावित भएका छन् ।

बन्दका कारण व्यापारिक प्रतिष्ठान, उद्योगधन्दा, कलकारखाना, यातायात र शैक्षिक संस्था ठप्प भएका छन् । बारा र रौतहटमा भने बन्दको आंशिक प्रभाव परेको छ । रौतटको गौरमा बन्दको प्रभाव परे पनि अन्य क्षेत्रमा सामान्य प्रभाव परेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org