ताजा समाचार

उम्मेदवार मनोनयनको समय थप गर्ने विषयमा प्रधानमन्त्री देउवाले आयोगसँग छलफल गर्दै

काठमाडौं, १ असार । असार १४ को चुनावबारे अन्यौलता बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक छलफल तीब्र पारेका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री देउवाले आज पनि विभिन्न राजनीतिक दल, निर्वाचन आयोगलगायत सरोकारवाला निकायसँग छलफल गर्दैछन् ।

निर्वाचन आयोगका पदाधिकारीहरुसँग प्रधानमन्त्री देउवाले राजपा चुनावमा सहभागी भएको अवस्थामा उम्मेदवार मनोनयनको समय केही दिन थप गर्ने लगायत विषयमा परामर्श गर्नेछन् । आयोगले उम्मेदवार मनोनयनका लागि शुक्रबारको समय तोकेको छ । प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताले बिहीबार राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँगपनि छलफल गर्दैछन् ।

संविधान संशोधन लगायत माग पूरा नभएसम्म चुनावमा सहभागी नहुने र चुनाव बिथोल्ने राजपाको निर्णय पछि सत्तारुढ दल र मुख्य विपक्षी एमालेले समेत राजपालाई मनाउन प्रयास गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org