ताजा समाचार

राजपा कोषाध्यक्ष अनिता यादव नै एमालेमा प्रवेश : राजपालाई ठूलो धक्का

काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टी नेपालकी कोषाध्यक्ष अनिता यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् । एमालेले उनलाई केन्द्रीय सदस्य बनाएको छ ।  आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई पार्टी प्रवेश गराए । यादवको प्रवेशमा एमालेविरुद्ध तराई मधेसमा फैलाइएको भ्रमको जवाफ दिएको ओलीले बताए ।

एमाले प्रवेश गरेकी यादव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुन् । यादवको २०६६ माघ ८ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपाको सक्रिय राजनीतिमा आइन् ।

उनी दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट धनुषा ५ को उम्मेदवार भएकी थिइन् । तर, १० हजार मत ल्याएकी अनिता यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा एवं कांग्रेस उम्मेदवार चन्द्रमोहन यादवसँग पराजित भएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org