ताजा समाचार

मनोनयन दर्ताका लागि जाने क्रममा कांग्रेसका वडा अध्यक्ष उम्मेदवार अपहरणमा

सोलुखुम्बु ४ असार । सोलुखुम्बुमा काँग्रेस वडा अध्यक्षका उम्मेदवारको अपहरण गरिएको छ । नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार टंकबहादुर कार्कीको अपहरण गरिएको हो । मनोनयन दर्ताका लागि नेचा जाने क्रममा तिङलाको बासिगाउँबाट अपहरण गरिएको काँग्रेस नेता बलबहादुर केसीले जानकारी दिए ।

‘सवा १२ बजेतिरको घटना हो, हामी मनोनयन दर्ताका लागि नेचातिर जाँदै थियौं, हामी माथि हातपात गरेर उम्मेदवारलाई लिएर गएका छन्, माओवादी र एमालेका कार्यकर्ताले यस्तो हर्कत देखाए’ नेता केसीले भने ।

उम्मेदवार अपहरणमा परेभन्ने खबर पाएलगत्तै प्रहरीले खोजी कार्य थालेको प्रहरीले जनाएको छ । सोलुखुम्बु प्रहरीले दिएको जानकारी अुनुसार उनको अपहण भएको खबर पाएलगत्तै सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

उता अपहरण गरेको आरोप लागेका एमाले र माओवादी केन्द्रले भने उक्त आरोप निराधार भएको दाबी गरेका छन् । दुवै पार्टीले उक्त घटनामा कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org