ताजा समाचार

उम्मेदवारमाथि आज दाबी विरोध पेश गर्ने कार्यक्रम, भोली उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

काठमाडौं, ५ असार । दोश्रो चरणको चुनाव हुने ३५ जिल्लामा मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज दाबी विरोध पेश गर्ने कार्यक्रम छ । दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराएका उम्मेदवारले मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र मंगलबार नै ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । मंगलबार नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिनेछ ।

आउँदो १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि तीनवटा प्रदेशका ३ सय ३४ वटा स्थानीय तहमा आइतबार उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको हो ।

दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का एउटा महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिकाका र २ सय १५ वटा गाउँपालिकामा चुनाव हुँदैछ । यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org