झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता
झापा, ५ असार । दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १२९ जना र उपप्रमुख तथा उपाध्यक्षमा १६५ जनाले मनोनयन दर्ता गराएका छन् भने १३१ वडा अध्यक्ष पदका लागि ७३२ जनाले मनोनयन दर्ता गराएका छन् ।
महिला सदस्य पदका लागि ६०३ जना, दलित महिला सदस्यका लागि ५१८ जना र खुल्ला सदस्य पदका लागि एक हजार २७६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अधिकृत पाण्डेले जानकारी गराए । आइतबार भएको मनोनयन दर्तामा सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३७७ जनाले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत इन्दिरा शर्माले बताए ।
त्यसैगरी, भद्रपुर नगरपालिकामा २९६, दमक नगरपालिकामा २९१, अर्जुनधारा नगरपालिकामा २८८, शिवसताक्षी नगरपालिकामा २८३, बिर्तामोड नगरपालिकामा २५३, गौरादह नगरपालिकामा २२० र कन्काई नगरपालिकामा १९६ जनाले मनोनयन दर्ता गराएको नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै झापाका गाउँपालिकामध्ये सबैभन्दा बढी कमल गाउँपालिकामा १८३ जनाले मनोनयन दर्ता गराएका छन् ।
कचनकवल गाउँपालिकामा १७९, गौरीगञ्ज गाउँपालिकामा १७७, बाह्रदशी गाउँपालिकामा १७५, बुद्धशान्ति गाउँपालिकामा १६९, झापा गाउँपालिकामा १५६ र सबैभन्दा कम मनोनयन दर्ता भएको हल्दिबारी गाउँपालिकामा १२३ जनाको उम्मेदवारी दर्ता भएका छन् ।
दर्ता भएका उम्मेदवारउपर कुनै दाबी विरोध भए आज त्यसको निवेदन दिन सकिने र मङ्गलबार त्यसको छानबिन गरी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...