ताजा समाचार

दार्जिलिङ आन्दोलनप्रति समर्थन गर्दै गोर्खा सैनिकले भने, ‘मोदी सरकारविरुद्ध हतियार सोझ्याउँछौं’

काठमाडौं, ६ असार । दार्जिलिङ यति बेला रणमैदानमा बदलिएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषालाई सबै सरकारी विद्यालयहरूमा अनिर्वाय बनाएपछि भड्किएका नेपाली भाषी भारतीयहरूले गोर्खाल्याण्ड आन्दोलनलाई चर्काएका हुन् । आन्दोलनलाई दमन गर्न भारतीय सरकारले सेना नै खटाएको छ ।

यही क्रममा दुई आन्दोलनकारीसहित ३ जनाको ज्यान गईसकेको छ भने सयौं घाइते भएका छन् । गोर्खाल्याण्डको पक्षमा भारतका अन्य भागमा पनि समर्थनमा नेपाली भाषीहरु आन्दोलनमा उत्रेका छन् । दिल्लीस्थित जन्तर(मन्तरमा पनि गोर्खाल्याण्डको माग गर्दै प्रदर्शन भईरहेको छ ।

दार्जिलिङमा नेपाली भाषी भारतीयमाथि राज्यले यस्तो दमन गरिरहँदा गोर्खा रेजिमन्टमा कार्यरत गोर्खा सैनिकहरुले समेत आन्दोलनप्रति सहानुभूति प्रकट गरेका छन् । उक्त आन्दोलनमा आफ्नो समेत समर्थन रहेको जनाउँदै उनीहरुले विशेष चासो राखेका छन् । गोर्खा सैनिकहरुले गोर्खाल्याण्डको पक्षमा खुलेरै नआएपनि विभिन्न सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सहानुभूति प्रकट गरिरहेका हुन् ।

भारतमा कार्यरत गोर्खा रेजिमन्टमा कार्यरत नेपाली र नेपाली भाषी सैनिक जवानहरुले गोर्खाल्याण्डको पक्षमा आफूहरुको पूर्ण समर्थन भन्दै आजाव उठाउन थालेका हुन् । उनीहरुले नेपाली भाषीमाथि दमन होइन शान्तिपूर्ण रुपमा समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

गोर्खा सैनिकको भनाई यतिबेला निकै भाईरल बनेको छ । दुई गोर्खा सैनिकको भनाईलाई आधार मान्ने हो भने उनीहरु मोदी सरकारप्रति निकै आक्रोशित बनेका छन् । बेला बेलामा विभिन्न कारण चर्चामा आईरहेन गोर्खा सैनिक यतिबेला गोर्खाल्याण्ड आन्दोलनप्रति जनाएको एक्यबद्धताले पनि सबैको ध्यान तानिरहेको छ ।

उनीहरुले शान्तिपूर्ण आन्दोलनलाई दमन गरे आफूहरु आन्दोलनकारीतिर होइन मोदी सरकारविरुद्ध हतियार सोझ्याउने चेतावनी दिएका छन् । अहिले उक्त भनाईले निकै चर्चा पाएको छ । सामाजिक सञ्जालदेखि लिएर सञ्चारमाध्यममा समेत गोर्खा सैनिकको मोदी सरकारप्रतिको आक्रोशलाई विशेष महत्वका साथ स्थान दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org