ताजा समाचार

दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलनमा सिक्किमका मुख्यमन्त्रीको समर्थन

काठमाडौं, ९ असार । अलग प्रान्तको माग राख्दै दार्जिलिङमा जारी गोरखा जनमुक्ति मोर्चाको आन्दोलनलाई सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ तथा उनी नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले समर्थन जनाएको छ ।

सिक्किमको ग्यान्टोकमा बिहीबार सम्पन्न फ्रन्टको सम्मेलनमा उक्त समर्थन जनाएको इन्डियन एक्सप्रेस दैनिकले उल्लेख गरेको छ ।नेपालीभाषी बहुल सिक्किमको यो समर्थनले दार्जिलिङको मुद्दालाई कति प्रबल बनाउँछ, त्यसबारे भने तत्काल अनुमान गर्न कठिन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org