ताजा समाचार

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने, कुनैपनि उडान र अवतरण नहुने

काठमाडौं, ९ असार । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने भएको छ । अपरान्ह साढे चार बजेदेखि पाँच बजेसम्म विमानस्थल बन्द हुने विमानस्थल अधिकारीहरुले बताएका छन् । त्यसबेला कुनै पनि उडान तथा अवतरण हुने छैनन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्यन संस्था आइकाओको नियममा प्रत्येक दुई बर्षमा अन्तर्राष्ट्रिय मान्यता पाएका विमानस्थलले ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने हुन्छ । यहीँ नियम अनुसार आज आधा घण्टा विमानस्थल बन्द हुन लागेको हो । यस अवधीमा दमकल पनि तयारी अवस्थामा राखिन्छ ।

मूलतया यस्तो बेला विमानस्थलको दूर्घटना उद्दार क्षमता कति छ भन्ने जाँच गरिन्छ । कुनै विमान दुर्घटना भएको रुपमा लिइन्छ र उद्दार गरिन्छ । विमानस्थल आधा घण्टा बन्द हुनेभएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org