ताजा समाचार

मुग्लिन–नारायणगढ सडक खुल्न अझै ५ घण्टा लाग्ने, २३ किमिसम्म गाडीको जाम

चितवन, ९ असार । पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्न अझै ५ घण्टा लाग्ने भएको छ । गएराति चितवनको कालीखोलामा गएको पहिराले अवरुद्ध भएको सडक खुलाउन अझै समय लाग्ने भएको हो । पहिरो हटाउन लगातार काम गर्दा कम्तिमा ५ घण्टा लाग्ने जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । सडक अवरुद्ध बनेपछि हजारौ सवारी साधन विचबाटोमै रोकिएका छन् ।

स्थानीय प्रशासन, प्रहरी र सडक विभागले पहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयासलाई प्राथमिकता दिएको जनाएको छ । पहिरो पन्छाउन र यातायात खुलाउन सडक विभागका ५ वटा स्काइभेटर र डोजर प्रयोग गरिएको प्रमख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भट्ट र चितवन प्रहरी प्रमुख दिपक थापाको टोली बिहानै घटनास्थल पुगेको छ ।

प्रहरी र सडक विभागको टोलीले पहिरोका कारण अवरुद्ध बनेको सडक खुलाउने प्रयास जारी राखेको प्रजिअ भट्टले जानकारी दिए । ‘आज बिहानैबाट पहिरो पन्छाउने काम भइरहेको छ । लगातार काम गर्दापनि कम्तिमा तीन बजेसम्ममा पहिरो पन्छाउन सकिन्छ कि भन्ने अनुमान गरिएको छ ।’ प्रजिअ भटट्ले भने।

यो सडक खण्डमा मर्मतको काम समेत भइरहेको छ । मर्मतका कारण विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक सवारीसाधन रोकेर काम भइरहेको छ । सडकखण्डमा पहिरो गएपछि बिहीबार राजधानीबाट छुटेका सयौ सवारी साधन बीचबाटोमै रोकिएका छन् ।

राजधानीबाट छुटेका सवारीसाधन कुरिनटारदेखि लाइन लागेका छन् । कुरिनटारबाट करिव २२ किलोमिटर सवारीसाधनको लाइन लागेको मु्ग्लिन प्रहरीका प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिए । पहिरोबाट जोगाउन नारायणगढ मुग्लिन सडक खण्ड भएर चल्ने सवै गाडी भरतपुर, नारायणगढ लगायत सुरक्षित स्थानमा रोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org