ताजा समाचार

सिरहामा एक महिलाको शव भेटियो, बलात्कार गरेर हत्या गरेका आशंका

सिरहा, ९ असार । सिरहामा एक महिलाको हत्या भएको छ । लहान नगरपालिका–१ मा गए राति एक अपरिचित महिलाको शव फेला परेको हो । करिब २८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा आज बिहान शब फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानदेखि झण्डै तीन सय मिटर उत्तरमा सहायक सडक छेउको खेतमा थारु समुदायको जस्तो देखिने महिलाको शव फेला परेको हो । शवको प्रकृति हेर्दा कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ । ढुङ्गा प्रहारले उनको दाँत भाँचिएको छ भने कञ्चटमा गहिरो चोट लागेको छ । बिहान मर्निङ वाकमा गएका व्यक्तिहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org