पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड ११ घण्टापछि खुल्यो
चितवन, ११ असार । शनिबार रातिदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो । यसअघि पहिरो पन्छाउन समय लाग्ने बताइएपनि झरी नपरेकाले छिटो भएको प्रहरीले जनाएको छ । शनिबार राति ९ बजेदेखि बाटो अवरुद्ध हुँदा यात्रुले सडक छेउछाउ र गाडी भित्र रात बिताए थिए ।
गएको शुक्रबार कालीखोलामा आएको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको ज्यान गएको थियो । हराइरहेका दुई प्रहरीको अझै अवस्था पत्ता लागेको छैन । सामान्य झरी पर्दा पनि पहिरो खसेर बाटो अवरुद्ध हुन थाले पछि यो बाटो ओहारदोहोर गर्ने यात्रुहरु त्रसित बनेका छन् । आयोजनाले जोखिम बढेकाले वैकल्पिम मार्ग प्रयोग गर्न आग्रह गर्दै आएको छ ।
यसैबिच यो सडकखण्डमा आइतबार दिउँसो पनि गाडी चलाउन दिइने भएको छ । सडक विस्तारका लागि दिउँसो १० बजेदेखि ४ बजसम्म बाटो बन्द गरिने गरेकोमा रातिदेखिका गाडी रोकिदा लामो जाम भएकाले त्यसलाई खुलाउन दिउँसोमा पनि गाडी चलाउन दिइने चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।
वर्षा लागेसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम बढेपछि त्यसको समाधानका लागि आइतबार बैठक पनि बस्दै छ । सुरक्षित यात्रा कसरी गराउने भन्ने बारे छलफल गर्न प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी, सडक आयोजनाका पदाधिकारी र यातायात व्यवसायी बैठकमा बस्ने छन् ।
Comments
अरु समाचार
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको...
-
एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको...
-
आईसीसी विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
आजको राशिफलः २०८१ असोज ८ गते मंगलवार
मेषः अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले...