ताजा समाचार

गृहमन्त्री शर्माको निर्देशनपछि उपत्यकामा एकैपटक ८ सय जेब्राक्रसको रेखांकन गरिँदै

काठमाडौं, ११ असार । गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि सडक विभागले काठमाडौं उपत्यकाका ८ सय स्थानमा पैदल यात्रुले बाटो काट्ने जेब्रा क्रसिङको रेखाङ्कन गर्दैछ । जेब्रा क्रसिङबाट बाटो काट्ने यात्रुलाई कारवाहीको अभियान थालिएसँगै विभागले विभिन्न सडक क्रस गर्न आवश्यक स्थानमा जेब्रा क्रसिङको रेखाङ्कन गर्न लागेको हो ।

कारवाहीको अभियान सुरु गर्दा आवश्यक स्थानमा जेब्राक्रस नभएपछि सरकारको आलोचना भएको थियो । सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले उपत्यकाभरि जेब्रा क्रसिङहरु पेन्ट गर्ने काम अन्तिम चरणमा पुगेको बताए । यो साताभरिमा उपत्यकाका सबै स्थानमा जेब्रा क्रसिङ रेखाङ्कन गरिसक्ने उनले बताए ।

’ललितपुरमा लगभग सबै स्थानमा सकिइसक्यो, अब काठमाडौंमा केही र भक्तपुरका केही सडकमा जेब्रा क्रसको रेखाङ्कन बाँकी छ’ सिग्देलले भने, ‘अब यो साताभरिमा काम सक्छौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org