ताजा समाचार

राजमार्गका व्यापारीद्धारा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाडः म्याद नाघेका खाद्यवस्तु

काठमाडौं, १२ असार । पृथ्वी राजमार्गका होटल तथा पसलहरुमा उद्योगहरुले म्याद सकिन लागेका वा म्याद नाघेका खाद्य वस्तुहरु सप्लाइ गर्दै आएको पाइएको छ ।

स्थानीय प्रशासन र जिल्ला खाद्य अधिकार सञ्जालको अनुगमन टोलीले गल्छीदेखि नौबिसेसम्मका होटल तथा पसलको निरीक्षणको क्रममा यो तथ्य फेला परेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

अनुगमन टोलीले एक महिनाअघि नै म्याद नाघेका गुँदपाक, मिठाई, बेकरीका उत्पादन, कुकिज र जुसहरु बरामद गरेको छ । पसलेहरुले भने एक दिन अघिमात्रै कम्पनीका उत्पादनहरु सप्लाई गर्नेहरुले दिएर गएको दाबी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org