ताजा समाचार

कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड, जिपिए २ ल्याएकाहरुले विज्ञान समूह पढ्न पाउने

काठमाडौं, १२ असार । सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड) मा सामान्य परिवर्तन गरेको छ। शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए) का आधारमा सामान्य परिवर्तन भएको हो। कक्षा ११ र १२ को सम्बन्धन प्राप्त सबै माविले नयाँ निर्णयनुसार भर्ना गराउनुपर्ने मन्त्रालयले जनाएको आजको राजधानी दैनिकमा खबर
छ ।

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमका अनुसार न्यूनतम जिपिए २ ल्याएकाहरुले विज्ञान समूह पढ्न पाउने तर त्यस्ता विद्यार्थीले विज्ञान र गणितमा सी प्लस तथा अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययनका लागि समग्रमा डी प्लस ल्याउनुपर्ने विगतको मापदण्ड यथावत् छ भने आमसञ्चारलगायत केही विषयमा विज्ञान र गणितमा सी प्लस ल्याउनुपर्ने प्रावधान हटाइएको छ।

यस्तै अर्थशास्त्र, शिक्षा, अङ्ग्रेजी, नेपाली, गणित, भूगोल, लेखा आदि र प्राविधिक विषय पढ्न न्यूनतम जिपिए १.६ ल्याउने विद्यार्थीले कक्षा ११ भर्ना हुन पाउनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org