ताजा समाचार

मतदातालाई झरीको प्रवाह छैन्ः ३३४ स्थानीय तहका लागि मतदान सुरु

काठमाडौं, १४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा मतदान सुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि ४ हजार ५ सय ८१ मतदान स्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएमा छन् ।

मतदाताले बिहान ७ कजेदेखि अपराहन्न ५ बजेसम्म तोकिएको मतदान केन्द्र पुगेर एक पद, एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणाली अन्तर्गत स्थानीय तहको प्रमुख, उप प्रमुख, वडाध्यक्ष र वडाका चार सदस्यलाई गोप्य रुपमा मतदान गर्न थालेका छन् ।

निर्वाचनलाई मौसमको असरः

वर्षातको समयमा सुरु भएको निर्वाचनलाई पानीले असर गर्ने देखिएको छ । दोस्रो चरणको निर्वाचन भईरहेका क्षेत्रका धेरै जसो ठाउँमा पानी परिरहेको छ । लगातार पानी नपरेपनि पानी पर्ने र रोकिने क्रम जारी रहेको मौसमविदले जनाएका छन् । दिउँसो पानी पर्ने भएकाले समयमै मतदान गर्न मौसमविदले पनि सुझाव दिएका छन् । २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा सहभागी भएर जनप्रतिनिधि चुन्ने अवसर सदुपयोग गर्न सबै मतदाता उत्सुक छन् ।

आयोगले भोट खसाल्न मतदाता परिचय पत्र बोकेर सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने तर कुनै कारणले परिचय पत्र छुटे वा नलगे आफ्नो फोटो भएका अरु सरकारी कागजात देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ । आयोगले सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क हुन आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org