ताजा समाचार

कपिलवस्तुमा अनौठो दृश्यः चुनाव वहिस्कार गरेको राजपाका नेता कार्यकर्ता पनि मतदान गर्दै

कपिलवस्तु, १४ असार । कपिलवस्तुमा निर्वाचनको समयमा अनौठो दृश्य देखिएको छ । निर्वाचन वहिस्कार गरेको राजपा नेता तथा कार्यकर्ताहरु मतदान गर्न लाईनमा बसेका छन् । कपिलवस्तुका १० वटै स्थानीय तहमा बिहान ७ बजेदेखि नै मतदान भईरहेको छ ।

कपिलवस्तुका वाणगंगा नगरलालिका, वुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महारागञ्ज नगरपालिका, कपिलवस्तु नगरपालिका, विजयनगर गाउँपालिका, यसोधरा गाउँपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा मतदान भईरहेको हो ।

चुनाव वहिष्कार गरेको राजपाका नेता तथा कार्यकर्ता पनि मतदानको लागि विहानैदेखि लाइनमा बसेका हुन् । नेताहरुले बहिष्कार गरेपनि भोट हाल्न पाउनु आफूहरुको अधिकार भएको भन्दै उनीहरु लाइनमा बसेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org