ताजा समाचार

बझाङको जयपृथ्वी नगरपालिकाका २ केन्द्रमा भोलि मतदान

बझाङ, १५ असार । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपका कारण स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा भोली मतदान हुने भएको छ । बुधबार वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले भोली (शुक्रवार)को लागि मतदान तोकेको हो ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को पाण्डु उच्च मावि केन्द्र पडेसमा कांग्रेस र एमालेबीच झडप भएपछि मतदान कार्य रोकिएको थियो । झडपमा कांग्रेसका उम्मेदवार प्रेम खड्का घाइते भएका थिए ।

यसैबीच, बझाङका काँडा, मस्टा र बित्थडचीर गाउँपालिकाको मतगणना जारी रहेको छ । तीनवटै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ । मस्टा गाउँपालिकाको वडा नम्बर १ र ७ मा एमालेको प्यानल विजयी भएको छ ।

त्यस्तै काँडा गाउँपालिकाको वडा नम्बर १ मा पनि एमालेकै गोपाल बोहोराको प्यानल बिजयी भएको छ । यसअघि वडा नम्बर ६ मा एमालेको प्यानल निर्विरोध निर्वाचित भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org