ताजा समाचार

निर्वाचन आयोगले मतदान प्रतिशत सच्यायो, हिजोभन्दा आज तीन प्रतिशत बढ्यो

काठमाडौं, १५ असार । निर्वाचन आयोगले बुधबार सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनमा खसेको मत प्रतिशत सच्याएको छ । बुधबार सार्वजनिक गरेका प्रारम्भिक जानकारी अनुसार ७०.५ प्रतिशत मत खसेको थियो । तर बिहीबार विहान निर्वाचन आयोगले ७३.६९ प्रतिशत मत खसेको जनाएको छ ।

प्रदेश १, ५ र ७ मा बुधबार स्थानीय निर्वाचन सम्पन्न भएको थियो। आयोगका अनुसार प्रदेश नम्बर १ मा ७२.४९ प्रतिशत, प्रदेश ५ मा ७५.३४ प्रतिशत र प्रदेश ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ।

आयोगका अनुसार ३३४ स्थानीय तहमध्ये अहिलेसम्म १६८ स्थानीय तहमा मतगणना शुरु भएको छ। प्रदेश १ का १३७ स्थानीय तहमध्ये १०८, प्रदेश ५ का १०९ स्थानीय तहमध्ये ३४ र प्रदेश ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org