ताजा समाचार

अर्धकट्टीसहितको मतपत्र भेटिएपछि इलाममा मतगणनाबारे विवादपछि मतगणना स्थगित

इलाम, १५ असार । इलामको देऊमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । देऊमाई नगरपालिका वडा नम्बर ३ को महेन्द्रोदय आधारभूत विद्यालय गाग्रेभञ्ज्याङ्ग (क) मतदान केन्द्रको मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि विवाद भएको निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले जानकारी दिए ।

१४ सय ८४ जना मतदाता रहेको वडामा विवाद मिलेपछि मात्रै मतगणना हुने भएको छ । १० ओटा स्थानीय तह भएको इलाममा ४ नगरपालिका र ६ गाउँपालिका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org