ताजा समाचार

भरतपुरकाण्ड दोहोरिन नदिन के छ सुरक्षा व्यवस्था ? कतै मतगणनास्थलको सुरक्षार्थ डोरीको बार

काठमाडौं, १५ असार । मतगणनास्थलको सुरक्षार्थ केही ठाउँमा डोरीको तारबार लगाईएको छ । पहिलो चरणको निर्वाचनको समयमा मतपत्र च्यात्ने काम भएपछि यसपटक भने सुरक्षार्थ डोरीको बार लगाईएको पाईएको छ । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएको थियो । च्यातिएको मतपत्रको विषयमा अहिले सम्म पनि निर्णयमा पुग्न सकिएको छैन् ।

त्यही घटना दोहोरिन नदिन दाङ र ताप्लेजुङका केही मतगणना स्थलमा डोरीको बार लगाईएको हो । दाङको घोराही उपमहानगरपालिकाको मतगणनास्थलमा डोरीको बार लगाएर राजनीतिक दलका प्रतिनिधिहरुलाई डोरीको घेरा बाहिर बस्न दिईएको छ । त्यस्तै ताप्लेजुङमा पनि यस्तै गरिएको छ ।

मतगणनामा संलग्न कर्मचारीहरु मात्रै डोरीको घेराभित्र बसेका छन् । दल तथा उम्मेदवारका प्रतिनिधिहरु त्यो घेराभन्दा बाहिर नै बसेका छन् । उनीहरुले सजिलै भित्र जान नसकुन् भनेर यस्तै व्यवस्था गरिएको हो ।

ताप्लेजुङमा मतगणनामा संलग्न कर्मचारीहरु भूईँमा बसेका छन् । दलका प्रतिनिधिहरु टेबलमा बसेका छन् । तर, टेबलको खुट्टामा डोरीको बार लगाइएको छ । कुनै पनि प्रतिनिधि टेबलमुनिबाट फुत्त छिरेर मतगणनास्थलमा प्रवेश नगरुन् भनेर यस्तो गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org