ताजा समाचार

घरायसी विवादमा एक महिलाद्धारा बेल्चा प्रहार गरी आफ्नै श्रीमानको हत्या

म्याग्दी, १५ असार । मालिका गाउँपालिका–५ देवीस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा (साबेल) प्रहार गर्दा उनका श्रीमान् ७४ वर्षीय खड्कबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार साँझ आफ्नै घरमा झगडा हुँदा ६२ वर्षीया तारादेवीले दुईभन्दा बढी पटक श्रीमानको टाउकामा बेल्चाले हानेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इप्रका, दरबाङ प्रहरीले जनाएको छ ।

अभियुक्त तारादेवीलाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिप्रकामा ल्याउँदै गरेको प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org