ताजा समाचार

कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेसको अग्रता

कञ्चनपुर, १५ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रारम्भिक मतगणनामा कांग्रेसले अग्रता लिएको छ । एक सय मत गणना भईसक्दा कांग्रेसको मेयर पदका उम्मेदवार पदम बोगटीले ४८ मत पाएका छन् । त्यस्तै एमालेका सुरेन्द्र विष्टले ४० र माओवादी केन्द्रका उम्मेदवार गोपाल रसाइलीले ४ मत पाएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार गोपाल रसायलीले ७ मत पाएका छन् । त्यसैगरी कांग्रेसका उपमेयर पदका उम्मेदवार सुशीला चन्दले ४९, एमालेका माया पन्तले ३८ र माओवादी केन्द्रका नारु सिंहले ५ मत पाएका छन् ।

त्यस्तै नौ वटा स्थानीय तहमध्ये शुक्लाफाँटा र बेलौरी नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठक नबसेकाले मतगणना सुरु हुन नसकेको हो । अन्य महाकाली र पुनर्वास नगरपालिकामा पनि मतगणना चलिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org