ताजा समाचार

कञ्चनपुरको पछिल्लो ताजा मत परिणाम

कञ्चनपुर, १६ असार । कञ्चनपुरका ९ वटै स्थानीय तहमा मतगणना जारी छ । ७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरको महाकाली नगरपालिकाको वडा नम्बर १ र २ मा नेपाली कांग्रेस विजयी भएको छ । वडा नम्बर १ मा अर्जुन भट्ट प्यानलसहित विजयी भएका हुन् भने वडा नम्बर २ मा पनि कांग्रेसकै कमलापति भट्ट पनि प्यानलसहित विजयी भएका हुन् ।

त्यस्तै वडा नम्बर १० मा भने नेकपा एमालेका नरबहादुर विजयी भएका छन् । यस्तै पुनर्वास नगरपालिकाको वडा नम्बर ३ मा पनि नेकपा एमाले प्यानलसहित विजयी भएको छ । एमालेका फैरु तामाङ प्यानलसहित विजयी भएका हुन् ।

यस्तै लालझाडी गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका छेमानन्द राना विजयी भएका छन् । त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर १ मा मावोबादी केन्द्रको पुरै प्यानल विजयी भएको छ ।

भीमदत्त नगरपालिका

मेयर

  • नेपाली कांग्रेसः ७७७
  • नेकपा एमालेः ६११
  • माओवादी केन्द्रः २७५

उपमेयर

  • नेपाली कांग्रेसः ७८४
  • नेकपा एमालेः ६२२
  • माओवादी केन्द्रः २७१

शुक्लाफाँटा नगरपालिका

मेयर

  • नेपाली कांग्रेसः  ३१८
  • नेकपा एमालेः ४३३
  • माओवादी केन्द्रः ३७५

उपमेयरमा

  • नेपाली कांग्रेसः २८५
  • नेकपा एमालेः ३८६
  • माओवादी केन्द्रः ३४०

बेदकोट नगरपालिका

मेयर

  • नेपाली कांग्रेसः १०८१
  • नेकपा एमालेः १२८३
  • माओवादी केन्द : ५९९

उपमेयर

  • नेपाली कांग्रेसः ९७७
  • नेकपा एमालेः १३५९
  • माओवादी केन्द्रः ६१८

पुनर्वास नगरपालिका

मेयर

  • नेपाली कांग्रेसः ९०७
  • नेकपा एमालेः १४७२
  • माओवादी केन्द्रः १२५७

उपमेयर

  • नेपाली कांग्रेसः ९९७
  • नेकपा एमालेः ५६३
  • माओवादी केन्द्रः ११५३

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org