ताजा समाचार

ओलीको गृहनगर राप्रपा र एमालेको बराबर मत आएपछि दमकमा विवाद

झापा, १६ असार । राप्रपा र एमालेको बराबर मत आएपछि झापाको दमक नगरपालिकाको मतगणना रोकिएको छ । निर्वाचन अधिकृतले वडा नम्बर १ को वडा अध्यक्षमा राप्रपा र एमालेको मत बराबरी आएको जानकारी दिएपछि विवाद भएको थियो । विवादपछि अहिले मतगणना नै रोकिएको हो ।

राप्रपाका समर्थकले आफ्ना उम्मेदवार तारा अधिकारी विजयी भएको दावी गरेका छन् भने एमाले समर्थकले हरि न्यौपानी विजयी भएको दावी गरेका छन् । दमक १ को मतगणना विहान ५ बजे नै सकिएको भए पनि मतपरिणाम भने अहिलेसम्म सार्वजनिक भएको छैन । अहिले त्यहाँ सुरक्षाकर्मीको बढाइएको छ । कडा सुरक्षाका बीच अब के गर्ने भन्ने बारेमा सर्वदलीय बैठक बसिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org